Sunday, July 16, 2017

कामै नगरी २३ लाख भुक्तानी चेक भेटियो..


जाजरकोट : जाजरकोटको एक सडक निर्माणको कामै नगरी रकम भुक्तानी भएको खुलासा भएको छ। त्रिवेणीनलगाड नगरपालिका ११ चौखादेखी १० रजिकसम्म जोड्ने चौखा-रजिक सडकको कामै नगरी २३ लाख रुपैयाँ जिल्ला समन्वय समितिले भुक्तानी गरेको हो।
जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्माले कामै नगरेको सडकको बिल भरपाई गराएपछि रकम भुक्तानी भएको हो। उपभोक्तासँग आर्थिक लेनदेनका आधारमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर सूर्यबहादुर शाहीको निर्देशनमा सहायक–इन्जिनियर विश्वकर्माले उक्त सडकको मूल्यांकन गरी नक्कली बिल भरपाई बनाउनु भएको थियो।
दुई हजार तीन सय मिटर सडकको ट्रयाक खोल्नु पर्नेमा एक सय मिटर सडक पनि नखनिएको स्थानीयको भनाइ छ। कामै नगरेको सडकमा भुक्तानी दिइएको स्थानीयको गुनासो आधारमा भुक्तानी दिइसकेको चेक समेत कार्यालयले थुतेको छ।
स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, ‘प्राविधिकले बिल भरपाई पेश गरेपछि भुक्तानी गएको हो। कामै नभएको जानकारी आएपछि हामीले चेक थुतेका छौँ।’
पण्डितले वास्तिविकता छानबिन गरेर काम गरेको भए चेक हस्तान्तरण गर्ने नत्र चेक नदिने बताउनुभयो। घटना बारे आवश्यक छानबिन गर्ने पण्डितको भनाइ छ।
उता सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेतले समयमा स्काभेटर नपाइएकाले सडक निर्माणमा ढिलाई भएको बताउनुभयो। अहिले स्काभेटरले काम गरिरहेको छ, केही दिनमै हामी काम सक्छौ। बजेट फ्रिज हुन नदिन हाम्रो आग्रहमा प्राविधिकले बिल बनाउनु भएको हो’, उहाँले भन्नुभयो।
रकम निकासा ढिलो हुने, उपभोक्ताले पनि समयमा काम नगर्ने, असारको अन्त्यमा आएर काम गर्ने, आर्थिक प्रलोभनमा परेर प्राविधिकले कामै नगरेको योजनामा पनि भएको बिल भरपाई गराउने प्रचलन विगत बर्षदेखि नै चल्दै आएको छ। नियमनकारी निकायको ध्यान यस तर्फ नजाँदा जिल्लामा बेतिथी बढ्दै गएको छ।

No comments:

Post a Comment

Why Neymar Leave Barcelona See The 5 reason

Neymar the legend of barcelona has left the club on tuesday finally decided toend career in camp neu the president of barcelona tries to co...

3