Monday, July 3, 2017

सर्पको डसाइबाट बालिकाको मृत्यु

उदयपुर – उदयपुरमा सर्पको डसाईबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ५ की १४ वर्षीया उमा कोईरालाको सर्पको डसाईबाट गएराति निधन भएको हो । राति घरमा सुतेकै अवस्थामा शरिरका २ ठाउँमा सर्पले डसेर गम्भीर घाईते बनाएको थियो । उनको उपचार समयमा हुन नसक्दा निधन भएको बाबु उद्धव कोइरालालाई उद्धृत गर्दै स्थानीय मोहन कोईरालाले बताए ।

सर्पले डसेको थाहा पाएपछि उनलाई उपचारका लागि कटारीकै ताराघारीस्थित नेपाली सेनाको गुल्ममा लगिएको थियो । तर, गुल्मको सर्प दंश उपचार केन्द्रमा उपचार प्रविधिको अभाव भएपछि चिकित्सकसहित सदरमुकाम गाईघाटस्थित १८ नम्बर बाहिनी अड्डा ल्याउने क्रममा बाटैमा बालिकाको ज्यान गएको उनले बताए ।

गाईघाटभन्दा ५ वर्षअघिदेखि सञ्चालनाम ल्याइएको ताराघारी गुल्मको उपचार केन्द्रमा औषधि र प्रविधिको अभामा उपचार सेवा प्रभावकारी हुन नसके पनि त्यसभेगका सर्प पीडितहरु उपचारका लागि गाईघाट, धरान र काठमाडौं जान बाध्य हुनुपरेको स्थानीय बताउँछन् । चुरे जंगलसँग जोडिएको कटारीको ५ र ६ नम्बर वडाका त्रिवेणी र कटारी विषालु सर्पको बिगबिगी हुने गरेको छ । सो क्षेत्रमा वर्षेनी ६÷७ जनाले सर्पको डसाईबाट ज्यान गुमाउदै आएको स्थानीयको भनाई छ ।

No comments:

Post a Comment

Why Neymar Leave Barcelona See The 5 reason

Neymar the legend of barcelona has left the club on tuesday finally decided toend career in camp neu the president of barcelona tries to co...

3