Thursday, July 13, 2017

यसरी गरियो म्यादी प्रहरीको बिदाई

सिन्धुपाल्चोक- स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराएका म्यादी प्रहरीको भव्य बिदाई गरिएको छ। चुनाव सम्पन्न गराउने क्रममा झण्डै तीन महिना खटिएका उनीहरुको बिदाईमा जिल्ला प्रहरी कार्यालयले सोमबार बिशेष कार्यक्रम नै राखेको थियो।


                ‘तपाईँहरुको योगदानको प्रहरी संगठनले विशेष मूल्यांकन गरेको छ। भविश्यमा हुने प्रदेश र संघको चुनावमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौँ,’ म्यादी प्रहरीलाई बिदाई गर्दै जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र केसीले भने। शान्तपूर्वक चुनाव सम्पन्न गराउन भूमिका खेलेबापत उनीहरुलाई प्रशंसापत्रसहित अबिर टीका लगाएर बिदाई गरियो।

                ‘२० वर्षपछि भएको स्थानीय तह चुनावको सुरक्षामा खटिन पाउँदा खुशी छु,’ प्रशंसापत्र बुझेपछि सम्झना तामाङले भनिन्, ‘त्योभन्दा ठूलो खुशी शान्तपूर्वक चुनाव सम्पन्न गराएको लागेको छ।’ २१ वर्षीया उनी पहिलो पटक भोट हाल्ने अवसर छोडेर म्यादी प्रहरीको रुपमा चुनावी सुरक्षामा खटिएकी थिइन्।

                डिएसपी श्यामकृष्ण अधिकारीले धन्यावाद दिँदै अबिर टीका लगाइ दिए भने एसपी केसीले सफल भविश्यको शुभकामना ब्यक्त गर्दै प्रशंसापत्र वितरण गरे। म्यादी प्रहरीबाट बिदाई हुन उनीहरु सबै सदरमुकाम चौतारा आएका थिए।

No comments:

Post a Comment

Why Neymar Leave Barcelona See The 5 reason

Neymar the legend of barcelona has left the club on tuesday finally decided toend career in camp neu the president of barcelona tries to co...

3