Thursday, July 6, 2017

चीनले दियो भारतलाई सिक्किम छुट्टाईदिने कडा चेतावनी !

काठमाडौं, २२ असार – चीनले भारतलाई भारतबाट सिक्किमलाई छुट्टाउने कडा चेतावनी दिएको छ । चीनको एक सरकारी सञ्चारमाध्यम ग्लोबल टाईम्स मा हिजो (बुधबार) प्रकाशित सम्पादकीयमा भारतले सिक्किमलाई सन् १९६० देखि १९७० को बिचमाअफ्ना सेना परिचालन गरी कस्तो निर्ममतापुर्वक र कसरी अपधस्त गरेको हो भन्ने कुरा सम्पूर्ण विश्वलाई जानकारी भएको बताउदै यदि भारतले सिक्किममाथि यस्तै अतिवाद लादिरहे सिक्किमलाई स्वतन्त्र राज्य बनाउनको लागि चिनले पहलकदमी गर्ने चेतावनी कडा दिएको हो
उक्त सम्पादकीयमा भारतले चीनमाथि प्रयोग गर्ने गरेको दलाईलामा कार्डले चीनलाई कुनै फरक नगर्ने अब त्यो कार्ड पुरानो पनि भईसकेको उल्लेख गरेको छ । नयाँ दिल्लीले सिक्किम र अन्य छिमेकी राष्ट्रमाथि भारतले दमनकारी नीति अक्तियार गरको भन्दै चिनले यदि सिक्किम छुट्टिन चाहेमा खुल्ला हृदयले सहयोग गर्ने पनि बताएको छ । सम्पादकीयमा भारत आफ्नो औपनिवेशिक नीति लिएर हिँडेको भन्दै भुटानलाई पनि सिक्किमीकरण गर्ने प्रयासमा भारत रहेको आरोप समेत लगाएको छ । भारतले दबाब बढाएपछि अहिले भुटान आफ्नो कूटनीतिक रुपमा कमजोर स्थिती प्रदर्शन गर्न थालेको बताउँदै यस्तो स्थितीले भारतलाई फाईदा नहुने चेतावनी पनि दिएको छ । अहिले भुटानको सम्पूर्ण विदेश नीति तथा अन्य आन्तरिक योजना समेत भारतले नै बनाइदिने गरेको छ । सम्पादकीयमा भनिएको अनुसार, ‘भारतको कडा दबाबका र हस्तक्षेपले भुटानको अहिले चीन लगायतका अन्य मुलुक र यूएनका सदस्य रास्ट्रहरुसँग पनि राम्रो सम्बन्ध स्थापित गर्न नसकेको र भारतकै इसारामा चल्नु पर्ने बाध्यतामा रहेको छ ।’

भारतका यस्तै अनावश्यक दबाबका करण भुटानको कूटनीतिक, बैचारिक आधिपत्यमाथि नै हस्तक्षेप गरेको छ । जसले भुटानको आफ्नो कूटनीतिक सम्बन्ध अन्य देशहरुसँग धरापमा परेकोको उल्लेख छ । नेपालको नाम प्रयोग नगरी उक्त सम्पादकीयमा भारतले साना हिमालयन मुलुकहरुमाथि अनावश्यक दबाब दिएर आफ्नो प्रभाव बढाउन खोजेको पनि आरोप छ । पहिले भारतले सिक्किमसँग पनि यस्तै प्रतिरोधी नीति देखाएको थियो । जसरी सन् १९७५ मा आफ्नो प्रभावमा रहेको सिक्किका राजालाई ल्याउनको लागि पुराना राजालाई भारतले अपधस्त गर्यो । त्यसपछि संसद्मा आफ्नो प्रभाव जमाएर संसद्बाट जनमत संग्रहमा जाने निर्णय गराई सिक्किम आफ्नो मुलुकमा निहीत गराउन भारत सफल भयो । अहिले त्यस्तै दूराशय भारतको अहिले भुटानमा पनि देखिएको छ । सम्पादकीयमा उल्लेख छ । स्वतन्त्रता पाएपछि पनि भारतले साना हिमालय मुलुकलाई ब्रिटिसहरुले देखाएजस्तो औपनिवेशिक नीति अवलम्बन गर्दै आईरहेको भन्दै उक्त सम्पादकीयमा भारतको क्षेत्रीय आधिपत्य नीति अहिले बोर्डरमा देख्न सकिने बताएको छ ।

सम्पदकिय यो पनि भनिएको छ, ‘विश्वले देखि र जानिरहेको छ नयाँदिल्लीले साना हिमालयका मुलुकहरुमाथि कस्तो र कति असमान व्यबहार र थिचोमिचो गरिरहेको छ भन्ने कुरा । र अब यो पनि जान्नुपर्ने भएको छ कि भुटान अहिले किन धर्मसंकटमा परिरहेको छ । ऊ किन सधैं भारतको गुलाम बनेर बस्न चाहिरहेको छ । चीनले चाहेको खण्डमा भुटानको सम्प्रभुता भुटानलाई स्वतन्त्र रुपमा फिर्ता दिन सक्छ । अनि भुटान र भारतबीच भएको असमान सबै सन्धि खारेज गर्न सक्छ । तर त्यसको लागि भुटानले पनि चाहनुपर्यो ।’

भारतले साना छिमेकी देशलाई आफ्नो रवाफ देखाउँन पनि यसो नगर्ने चीनको बिझाई छ। स्मरण रहोस सिक्किमका अहिले दार्जिलिंगमा जारी आन्दोलनका कारण बङ्गालको नाकाबन्दी र भारत चीनको अहिले जारी सिमा विवादको चेपुवामा परेको छ । अहिले सिक्किममा न चिनबाट केहि समान ल्याउन सक्ने अवस्थामा छ न त भारतबाटै।

No comments:

Post a Comment

Why Neymar Leave Barcelona See The 5 reason

Neymar the legend of barcelona has left the club on tuesday finally decided toend career in camp neu the president of barcelona tries to co...

3