Friday, July 7, 2017

अफ्रिकाको डान्सबारबाट नेपाली चेलीको उद्दार

काठमाडौं— गैर आवासीय नेपाल संघ केन्याले राजधानी नैरोबीमा डान्सबारमा काम गर्दै आएकी एक नेपाली युवतीको उद्दार गरेको जनाएको छ। पर्यटक भिसामा केन्या पुगेकी त्यहाँको डान्सबारमा काम गर्दै आएकी दोलखाकी एक युवतीको उद्दार गरिएको हो।

संघका पदाधिकारीसँग मालिकले तलब नदिएको र नेपाल फर्किन नपाएको गुनासो गरेपछि केन्याका लागि नेपालका लागि अबैतानिक राजदूत जिम्मी ओस्कार र संघका पदाधिकारीहरुले पहल गरेका थिए।

‘करिब १५ दिनका प्रयासपछि काम लगाउने कम्पनीले टिकट काटेर स्वदेश फर्काउन जारी भयो,’ एनआरएनए केन्याको अध्यक्ष कृष्ण भट्टले नागरिकन्युजसँग टेलिफोनमा भने, ‘सरकारले डान्सबारमा काम गर्ने अफ्रिका आउनेहरुलाई निरुस्ताहित गर्न विभिन्न प्रयास गरेपनि त्यति प्रभाविकारी देखिएको छैन।’ उनले राजधानी नैरोबीका डान्सबारहरुमा नेपाली युवती धेरै रहेको बताए।

‘४–५ वटा मुजुराहरु छन्। ती सबैमा काम गर्ने नेपाली युवतीहरु नै हुन्,’ भट्टले भने, त्यस्तो स्थानमा शारीरिक, आर्थिक र मानसिक शोषण हुने संभावना बढी हुने गरेको छ ।’

अन अलाइभल भिषाको दुरुपयोग गर्दै मानव तस्करहरुले भारत र श्रीलंका हुँदै अफ्रिकामा विभिन्न देशका डान्सबार(मुजुरा) काम गर्न नेपाली युवतीहरुलाई लैजाने गरेका थिए । सरकारको आग्रहमा भारतीय र श्रीलंका विमानस्थलहरु हुँदै आफ्रिका जाने युवतीहरुसँग नो अब्जेक्सन लेटर माग्ने गरे पनि जाने क्रम भने रोकिएको छैन । भारतमा कडाइपछि श्रीलंकाको बाटो हुँदै नेपाली युवतीलाई अफ्रिका पु¥याउन थालिएको थियो।

‘टुरिस्ट भिषामा काम गर्नेहरु आउने संघको सम्पर्कमा आउन चाहानु हुन्न् । समस्या जटिल भएपछि केहीले सम्पर्क गर्नुहुन्छ,’ एनआरएनए अफ्रिकामा संयोजक सुनिल कार्कीले भने, ‘यहाँको कानुन व्यवस्था कमजोर छ। त्यसलै उद्दार कार्य निकै जोखिमपूर्ण हुने गरेको छ।’

केन्याको गैर आवासीय नेपालीहरुलेहरुले अफ्रिकामा देशहरुमा युवतीहरुको तस्करी रोक्क आवश्यक कदम उठाउन माग गरेका छन्।

No comments:

Post a Comment

Why Neymar Leave Barcelona See The 5 reason

Neymar the legend of barcelona has left the club on tuesday finally decided toend career in camp neu the president of barcelona tries to co...

3